विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु

विराटनगर । विराटनगरको एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जनाको मृत्यु भएको छ । आज दिउँसो विराटनगर महानगरपालिका–४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा एक जनाको मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार ग्यास लिक भएर निसास्सिएर विराटनगर–५ का ५४ वर्षाीय रौदी चौधरीको मृत्यु भएको छ । चौधरी उक्त कोल्ड सेन्टरमा मिस्त्रीको काम गर्दै आउनुभएको थियो ।

उहाँ निसास्सिएर बेहोस हुनुभएको र उपचारका क्रममा विराट नर्सिङ होममा आज दिउँसो २ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताउनुभयो ।

Back to top button