पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’ नेपाल एयरलाइन्सले नपाउने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले नपाउने भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखराको ग्राउन्ड ह्यान्डिलिङ आफैंले गर्ने बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङ सेवा वायुसेवा निगमले दिइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अहिलेसम्म निगमले नै यो काम गरिरहेको छ ।

अब पोखरा विमानस्थल चलाउने तयारी हुँदै गर्दा प्राधिकरणले फरक किसिमबाट अघि बढ्ने बताएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार ग्राउन्ड हृयान्डिलिङका धेरै विवाद भएसँगै अब प्राधिकरण आफैंले यस्तो सेवा चलाउने निर्णय भएको छ । ‘यो प्राधिकरण आफैंले चलाउँछ, वा प्रतिस्पर्धामा निर्णय हुन्छ,’ उहाँले भन्नुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रतिस्पर्धाका आधारमा यस्तो सेवा दिनेबारे निर्णय हुने उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलमा आफैं र गौतमबुद्धमा व्यापारिक ग्राउन्ड ह्यान्डिलिङ सेवा दिनुपर्ने माग गरेको छ । महानिर्देशक अधिकारीका अनुसार भैरहवामा समेत प्रतिस्पर्धाका आधारमा मात्र यसबारे निर्णय हुनेछ ।

Back to top button