
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर– ६ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएका वहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई समर्थन गर्ने हुनुभएको छ ।
पासवानले आफ्नो उम्मेदवारीलाई निष्कृय पार्दै डा. कोइरालालाई समर्थन गर्ने जनाउनुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै अब आफू र आफ्नो पार्टीका सबै कार्यकर्ताले डा. कोइरालालाई समर्थन गर्दै चुनावी अभियानमा सक्रिय हुने बताउनुभएको छ ।