थप २५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५६९

काठमाडौं । थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ८ सय ४५ नमूना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९ सय ८३ र एन्टिजेनबाट ८ सय ६२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २२ र एन्टिजेनबाट ३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप २८ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ६९ पुगेको छ।

Back to top button