
काठमाडौं । स्वतन्त्र भारत अर्थात् ‘आजाद भारत’का पहिलो मतदाता श्याम सरन नेगीको निधन भएको छ । हिमाचल प्रदेशको किन्नौर निवासी नेगीको आज बिहान १०५ वर्षको उमेरमा निधन भएको हो ।
हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले नेगीको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँलाई भारतीय लोकतन्त्रको जिउँदो इतिहास मानिन्थ्यो ।
पेशाले शिक्षक रहनुभएका नेगीले स्वतन्त्र भारतको पहिलो मतदाताको रुपमा सन् १९५१ को २५ अक्टुबरमा मतदान गर्नुभएको थियो । त्यसयताका सबै चुनावमा आफूले मतदान गरेको उहाँले बीबीसीसँगको एक कुराकानीमा बताउनुभएको थियो।
यस्तै, पछिल्लो पटक उहाँले गत नोभेम्बरमा भएको विधानसभा निर्वाचनमा भोट हालेको हिमाचल प्रदेशका मुख्यमन्त्री ठाकुरले उल्लेख गर्नुभएको छ ।