वीरगञ्जमा एक पुरुष मृत फेला

वीरगञ्ज । वीरगञ्ज भन्सार क्षेत्रमा अन्दाजी ४० वर्षका व्यक्ति मृत फेला परेका छन् । वीरगञ्ज महानगरपालिका–१६ इनर्वा भन्सार नजिकै सशस्त्र प्रहरी बलको चेक प्वाइन्टदेखि पश्चिमतर्फ शव भेटिएको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्ने उहाँको भनाइ छ ।

यस्तै, पहिचान नखुलेको व्यक्ति भारतीय नागरिक हुन सक्ने प्रहरीको अनुमान छ ।

Back to top button