
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । जसपाले पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माणको प्रतिबद्धता व्यक्त गरेको छ ।
पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने प्रतिबद्धता पनि जसपाको छ ।
यस्तै शक्ति जनलोकपाल गठन गरी भ्रष्टाचारको अन्त्य गर्ने र नागरिकतामा विद्यमान लैङ्गीक विभेदको अन्त्य गरी सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने प्रतिबद्धता पनि जसपाको छ ।