
रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा आज राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य ४ जना घाइते भएका क्षेत्रीय आपतकालीन सेवाका प्रवक्ताले बताएका रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ।
स्थानीय आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै तासले जनाएअनुसार क्याफेमा आगन्तुकले आगजनी गरेको अनुमान गरिएको छ। उक्त क्याफेबाट २ सय ५० जनालाई बाहिर निकालिएको थियो।