व्यायामले मानिसलाई स्वस्थ बनाउँछ : मेयर कोइराला

विराटनगर । विराटनगर–१९ घिनाघाटमा दोस्रो संस्करणको १ नम्बर प्रदेशस्तरीय खुल्ला व्यायाम प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाली युथ फिटनेस एण्ड केलिसथेनिस (एनवाईएफसी) विराटनगरले आयोजना गरेको प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गर्दै व्यायामले मानिसलाई स्वस्थ राख्ने बताउनुभयो ।

विराटनगर १९ का वडाध्यक्ष श्याम घिमिरेले खेलकुदले खेलाडीलाई स्वस्थ राख्न र देशलाई विश्वमा चिनाउन ठूलो योगदान गर्ने बताउनुभयो ।

प्रदेश प्रहरी कार्यालयका एसपी नविनराज राई, समाजसेवी विमल भट्टराई, एनवाईएफसी नेपालका अध्यक्ष सुकदेव कार्की, आयोजक संस्थाका अध्यक्ष सुमन बञ्जरालगायतले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुभयो ।

आयोजित प्रतियोगितामा पुरुषतर्फ अजय मण्डल प्रथम, विशाल शर्मा द्वितीय र नरेन्द्रकुमार राजवंशी तृतीय हुनुभएको छ । महिलातर्फ रचना भट्टराई प्रथम, रमिताकुमारी कुवँर द्वितीय र नमिता श्रेष्ठ तृतीय हुनुभयो ।

महिला र पुरुषतर्फतर्फका विजेतालाई जनही क्रमशः १०, ७ र ४ हजार नगदसहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रदेश–१ को झापा, मोरङ, सुनसरीसहित १४ वटै जिल्लाबाट ७० जना प्रतियोगीले सहभागिता जनाएका थिए ।

Back to top button