
महेन्द्रनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण मतहले आसन्न मंसिर ४ मा हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गर्नुभएको छ । आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘यो निर्वाचनमा कांग्रेसले बहुमत ल्याउँछ, कांग्रेसकै नेतृत्वमा स्थायी सरकार बन्छ,’ उहाँले भन्नुभयो,‘यसपटक कांग्रेसले समानुपातिकमा पनि मत प्रतिशत बढाउँछ, स्पस्ट बहुमत आउनेमा दुईमत छैन ।’
यस्तै, उहाँले यो निर्वाचन सबैका लागि कोसेढुंगा सावित हुने समेत बताउनुभयो । ‘विभिन्न रुपमा संविधानको मुल मर्ममाथि प्रहार हुन थाल्यो संविधानको रक्षा गर्नु पनि हाम्रो दायित्व हो,’उहाँले भन्नुभयो,‘त्यसका लागि पनि गठबन्धन गरिएको हो ।’