देउवा दुई चुनावीसभालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने

डडेल्धुरा । चार दिनदेखि गृहजिल्ला डडेल्धुरा एवं चुनाव क्षेत्रमा व्यस्त रहनुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज थप दुई चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका देउवा गत बिहीबारदेखि गृहजिल्ला डडेल्धुरामा हुनुहुन्छ। उहाँले बिहीबार अमरगढी, शुक्रबार दुई वटा पालिका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चुनावीसभा र शनिबार अजयमेरु गाउँपालिका भद्रपुर र भागेश्वर गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गरिसक्नुभएको छ ।

उहाँले आज आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे पर्शुराम नगरपालिकाको जोगबुडामा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँदले जानकारी दिनुभयो।

यस्तै, सात वटा पालिकाको चुनावीसभा सकेर उहाँ आजै काठमाडौं फर्कने कार्यक्रम रहेको डडेल्धुरा सभापति साउँदले जानकारी दिनुभयो।

Back to top button