दोलखामा नेकपा एसका अध्यक्ष नै एमाले प्रवेश

दोलखा । दोलखाको जिरी नगरपालिका एमालेमय भएको छ । जिरीमा लामो समय कम्युनिष्ट राजनीति गर्नुभएका शैलेन्द्र कुमार खड्का एमाले पार्टीमै फर्किएसँगै एमालेमय बनेको हो । उहाँ २०५४ को स्थानीय निर्वाचनमा जिरी गा.वि.स.को अध्यक्ष निर्वाचत हुनुभएको थियो ।

नेकपा एमाले दोलखाले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन लक्षित गरेर चुनावी अभियानलाई तीव्र बनाएको छ ।

यसै अभियानका क्रममा जिरीमा भएको चुनावी कार्यक्रममा खड्का एमाले प्रवेश गर्नुभएको हो । एमालेमा प्रवेश गर्दै उहाँले समाजवादी पार्टी कम्युनिष्ट नभएको बताउनुभयो ।

एमालेले आयोजना गरेको चुनावी सभामा नेपाली कांग्रेस तथा समाजवादी छाडेर ५ दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन ।

समाजवादीबाट मोहन कुमारी खड्का, प्रज्वल खड्का परशुराम दहाल तथा नेपाली कांग्रेसबाट पुराना कांग्रेसका नेता इन्द्रबहादुर नेपालीसहित दर्जनौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पत्रकार प्रभु जिरेलले जानकारी दिनुभयो ।

Back to top button