प्रचण्डको निर्वाचन क्षेत्र गोरखामा तोकिए कमाण्डर र सहकमाण्डर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला चुनावी प्रचार लगायतका कार्यक्रममा गोरखामा निक्कै व्यस्त हुनुहुन्छ ।

राजनीतिक परिवर्तनमा ठूलो भूमिका खेलेको गोरखाली भूमिबाट उम्मेदवार बन्दा खुसी लागेको बताउनुहुने प्रचण्डले जित निश्चित भएको दावी गर्दै आउनुभएको छ ।

यता पार्टीले प्रचण्डको चुनावी अभियानलाई सशक्त बनाउन निर्वाचन परिचालन कमिटी नै गठन गरेको छ । प्रचण्डको निर्वाचन क्षेत्रमा सुदीप नगरकोटीको कमाण्डरमा निर्वाचन परिचालन कमिटी बनाइएको हो । त्यस क्षेत्रको निर्वाचन परिचालन कमिटीको सहकमाण्डरमा धिरज उपरकोटी तोकिनुभएको छ ।

Back to top button