
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै पाँच जनालाई कारबाही गरेको छ। उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको हो।
यस्तै, पार्टीले देवीलाल थापा, आदीप्रसाद न्यौपाने,नन्दराम रोकाया,रतनबहादुर रोकाया र धर्मराज रावललाई निष्कासित गरेको हो ।
उनीहरुले पार्टी विरोधी शक्तिहरुसँग साँठ–गाँठ गर्दै, पार्टीविरुद्ध षडयन्त्रमा संलग्न रहेको एसको ठहर छ। निष्कासित भएकाहरु जुम्ला र कर्णाली प्रदेश कमिटीको विभिन्न जिम्मेवारीमा रहेकाहरु हुन्।
पार्टीको विधानको धारा– ६४ (क) १,२३४५६ र ११ बमोजिम निष्कासन गरिएको पार्टीका महासचिव डा. बेदुराम भुसालले जानकारी दिनुभयो।