
काठमाडौं । सेयर बजार फेरि ओरालोतिर लागेको छ। यसदिन नेप्से परिसूचक ६ दशमलव ४३ अंकले घटेर १९५८ दशमलव ९४ विन्दुमा अडिएको छ।
अघिल्लो कारोबार दिन हिजो नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो। सो दिन परिसूचक ४३ दशमलव २० अंकले बढेर १९६५ दशमलव ३६ विन्दुमा पुगेको थियो।
सो दिन २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६२ रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसदिन नेप्से घटेको भएपनि कारोबार रकम भने वृद्धि भएको छ। करिब २ महिनापछि सेयर बजारमा २ अर्ब बढिको सेयर कारोबार भएको हो।
गत भदौ ३० गते २ अर्ब १२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसपछि कारोबार रकम निरन्तर ओरालो लागेको थियो।
आज २२४ कम्पनीको ४९ लाख ४४ हजार ०७६ कित्ता सेयर ३५ हजार ११२ पटकको कारोबारमा २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८४ रुपैयाँमा खरिदबिक्री भयो।
आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन। कारोबारमा आएका १३ समूहमध्ये पाँचको सूचक बढ्यो भने ७ को घट्यो।
म्युचल फन्डको सूचक १ दशमलव ०६ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्सको ० दशमलव ५१, इन्भेस्टमेन्टको ० दशमलव ०१, अदर्शको ० दशमलव ०६ र ट्रेडिङको ० दशमलव १७ प्रतिशतले वृद्धि भयो।
सूचक घटेका सात समूहमध्ये मनु एन्ड प्रो, नन लाइफ इन्स्योरेन्स र डेभलपमेन्ट बैंकको १ प्रतिशत बढिले मूल्य ओरालो लाग्यो। बाँकी समूहको ० दशमलव ५९ प्रतिशतसम्म सूचक घट्यो।
१५ लाख रुपैयाँ बढिको सेयर कारोबार गरी जाल्पा सामुदायिक लघुवित्ती वित्तीय संस्था शीर्षस्थानमा रह्यो।
हिजो नेष्डो समृद्धि लघुवित्त शीर्षस्थानमा रहेको थियो। सो कम्पनीको १० करोड बढिको सेयर कारोबार भएको थियो।