
विर्तामोड । जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय नेताले पार्टी परीत्याग गरेका छन् ।
झापा, कमल गाउँपालिका ६ निवासी जसपा राजनीतिक समिति सदस्य नित्यानन्द ताजपुरीया र केन्द्रीय सदस्य मोहितलाल कामतीले जसपा छाड्नुभएको हो ।
आदिवासी जनजाति महासंघका पूर्वकेन्द्रीय महासचिवसमेत रहनुभएका ताजपुरीया झापाका परिचित नेता हो । ताजपुरीया र कामतीले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको साधरण सदस्यसमेत नरहने घोषणा गर्नुभएको हो । चुनावको मुखमा पार्टी छाड्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
ताजपुरियाले दिएको जानकारी अनुसार गौरीगञ्ज, गौरादह, शिवसताक्षीलगायतका पालिका कमिटीले आज साँझ र भोलि बिहानसम्ममा सामुहिक राजिनामा घोषणा गर्दैछ ।
राजिनामा लगत्तै राजनीतिक यात्रा कसरी बढाउने भनेर आफुहरु छलफलमा रहेको ताजपुरियाले बताउनुभयो ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि झापा जाँदै हुनुहुन्छ ।