यसपटक जनताबाट न्याय पाउँछु : भगवती चौधरी

दुहवी । सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएकी नेकपा एमालेकी नेतृ भगवती चौधरीले यसपटक आफुले जनताबाट न्याय पाउने विश्वास ब्यक्त गर्नुभएको छ ।

आज सुनसरीको इटहरी– ६ स्थित अनामनगरमा आयोजित कोणसभालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो ‘दुई–दुई पटक जनताले जिताएपनि शक्तिको आडमा धाँधली भयो, न्यायका लागि अदालत गएँ, अदालत बाट पनि न्याय पाइन, यसपटक चुनाव मार्फत जनताले मतदान गरेर न्याय दिनेमा ढुक्क छु ।’

तीस बर्षमा पञ्चायती ब्यवस्था हट्यो तर सुनसरी ३ मा एकै ब्यक्तिले ३१ बर्ष देखि शासन गरिरहेको जनाउदै उहाँले जनता परिवर्तनको पक्षमा रहेको बताउनुभयो ।

एकै ब्यक्ति तीसौ बर्ष शासनमा रहँदा शासन गर्ने सामन्ती बनेको जनताले अनुभूती गरेको समेत बताउनुभयो । सुनसरी ३ मा तीस बर्ष देखि नभएको बिकासको काम आफूले पाँच बर्षमै गर्ने चौधरीले दावी गर्नुभयो ।

उहाँले इटहरीको वाढी र डुवानको समस्या समाधान गर्न ब्यवस्थित कार्ययोजनाका साथ अघि वढ्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Back to top button