मोरङ क्षेत्र नम्बर चार, एमालेका उम्मेदवारसँग कलाकार

विराटनगर । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरु आ–आफ्ना एजेण्डा लिएर जनताका बिचमा पुग्ने क्रम चलिरहेको छ ।

आफ्ना नेता कार्यकर्ता लिएर चुनावी अभियानमा होमिरहँदा मोरङ क्षेत्र नम्बर ४ मा नेकपा एमालेको पक्षमा जनलहर सृजना गर्न कलाकारहरु पनि सक्रिय भएका छन् ।

चर्चित गायक तथा संगीतकार साजन राई, गायिका अञ्जु गौतम, कलाकार मनोज राजवंशी, संगिता यादव, समिक्षा कार्की रचना सिवाकोटीलगायतको कलाकारको टीम मोरङ क्षेत्र नं ४ का विभिन्न चौक र टोलमा पुगेर कार्यक्रम गरिरहेको छ ।

निर्वाचनका बेला नै देश र जनताको पक्षमा काम गर्न सक्ने नेतृत्वलाई जिताउन नसक्दा पछि पछुताउनुको विकल्प नहुने भन्दै गायक साजन राईले देश र जनताको पक्षमा काम गर्ने पार्टी भनेको नेकपा एमाले नै देखिएकाले आफुहरु एमालेका नेता जिताउने अभियानमा लागेको बताउनुभयो ।

नेकपा एमालेको कोणसभा र तथा चुनावीसभा स्थलमा पुगेर कलाकारहरुले आफ्नो कला प्रस्तुत गर्दै सूर्यमा भोट हाल्न र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् ।

गीतसंगीतको माध्यमबाट नेकपा एमालेको सरकारनै चाहिनुको कारण खुलाउँदै कलाकारहरुले स्थायी सरकार र देश र जनताको भविष्यको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएका हुन् ।

कलाकारहरुको टोलीले अहिलेसम्म मोरङ क्षेत्र नं. ४ का दर्जनौ स्थानमा कार्यक्रम गरिसकेको छ । देश बनाउनका लागि एमालेसंग स्पष्ट भिजन भएकाले आम निर्वाचनमा एमालेलाई विजयी बनाउन आफुहरु स्वतस्फुर्त  अभियानमा जुटेको कलाकारहरुको भनाई छ ।

यस क्षेत्रबाट प्रतिनिधि सभामा नेकपा एमालेका नेता विनोद ढकाल उम्मेदवार बन्नुभएको छ भने प्रदेश सभाका लागि (४) १ मा जयप्रकाश चौधरी र ४(२)मा जीवन घिमिरे उम्मेदवार हुनुहुन्छ ।

Back to top button