विराटनगरमा मनाइयो सामा चकेवा पर्व

विराटनगर । विराटनगर महानगरको वडा नम्बर १२ मा आज सामा चकेवा उत्सव कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सामा र चखेवाका माटाका प्रतीकात्मक मूर्ति प्रदर्शन गरिएको थियो ।

अप्पन विराटगढ परोपकार समाजद्वारा आयोजित कार्यक्रममा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबु पण्डित, ६(२) का उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण), विराटनगर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामतलगायत सहभागी हुनुहुन्थ्यो ।

सामा चाकेवा दाजु–वहिनीको सम्बन्ध सुढृढ गर्ने महत्वपूर्ण चाड रहेको वडा अध्यक्ष हिरालाल कामतले बताउनुभयो । मैथिली समुदायका महिलाहरुले यो चाड १० दिनसम्म मनाउँने चलन छ ।

बिहानै सामूहिक रुपमा गीत गाउने र दाजु–भाईको दीर्घजीवनका लागि प्रार्थना गर्ने चलन छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार पण्डितले हरेक सांस्कृतिक पर्वहरुको हामीले संरक्षण र सम्वर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले सामा चकेवा पर्वले समाजलाई एकताको सुत्रमा बाँध्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रदेश ६(२) का उम्मेदवार पर्शुराम बस्नेतले सम्पूर्ण जातजाती, धर्म सम्प्रदायको संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा मनाइने हरेक चाडपर्व र संस्कृतीहरु नेपालको अमूल्य सम्पति हुन् भन्दै उहाँले यसको जगेर्नाका लागि आफुहरु सदैव गम्भिरतापूर्वक लाग्ने बताउनुभयो । उहाँले सम्बोधनका क्रममा दाजुभाईको भलाईका लागि लिइने यो पर्वले ठूलो अर्थ राख्ने भन्दै आफु पनि तपाईहरुकै भाई रहेकाले मंसिर ४ मा पनि मतदान गरिदिन आग्रह गर्नुभयो ।

Back to top button