
काठमाडौं । सुनको मूल्यमा उच्च वृद्धि भएको छ।
आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको छ। योसँगै नेपाली बजारमा प्रतितोला सुनको मूल्य ९५ हजार ४०० पुगेको छ।
यसअघि हिजो सुनको मूल्य ३०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य ९४ हजार ९०० पुगेको छ।
महासंघका अनुसार आज चाँदी ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।