
दार्चुला । चुनावी कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’दार्चुला आउनुभएको छ । दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न उहाँहरु यहाँ आउनुभएको हो ।
संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखेर चुनावीसभा आयोजना गरेको हो।
दार्चुलामा प्रतिनिधिसभा सदस्यका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तथा प्रदेशसभा (क) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी चुनावी मैदानमा हुनुहुन्छ।