
काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कको राज्यसभामा नेपाली मुलकी सरहाना श्रेष्ठले चुनाव जित्नुभएको छ ।
‘न्याय र जलवायु परिवर्तन’का क्षेत्रमा सक्रिय रहनुभएकी श्रेष्ठले ३५ हजार ४ सय ९३ मत ल्याएर चुनाव जित्नुभएको हो । हिजो भएको चुनावमा उहाँले रिपब्लिकन पार्टीका उम्मेदवार प्याट्रिक सिहानलाई हराउनुभयो ।
सन् २००१ मा अमेरिका जानुभएकी श्रेष्ठले २०१९ मा अमेरिकी नागरिकता लिनुभएको थियो। श्रेष्ठ डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका पार्टीको मिड हड्सन उपत्यका च्याप्टरको उपाध्यक्ष पनि हुनुहुन्छ ।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा १३ पटक चुनाव जितिसकेका व्यक्तिलाई हराउँदै उहाँ उम्मदवार बन्नुभएको थियो । उहाँ अमेरिकामा ग्राफिक्स डिजाइनरको काम गर्नुहुन्छ ।