
काठमाडौं । आज सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। सेयर कारोबारको चौथो दिन आज नेप्से ३९ दशमलव १५ अंकले घटेर १९१७ दशमलव २२ विन्दुमा अडिएको छ।
यसअघि नेप्से सोमबार ६ दशमलव ४३ र मंगलबार २ दशमलव ५७ अंकले घटेको थियो। साताको पहिलो कारोबार दिन आइतबार भने नेप्से ४३ दशमलव २० अंकले बढेर १९६५ दशमलव ३६ विन्दुमा पुगेको थियो।
नेप्से दोहोरो अंकले ओरालो लागेपनि मंगलबारको तुलनामा आज कारोबार रकम बढेको छ। यसदिन १ अर्ब ४० करोड बढिको सेयर कारोबार भयो। हिजो १ करोड ५ अर्बको सेयर कारोबार भएको थियो।
आज २२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३७ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका १३ समूहकै सूचक राताम्मे देखिए। फाइनान्स समूहको सूचक सर्वाधिक ४ दशमलव ७३ प्रतिशतले घटेको छ।
डेभलपमेन्ट समूहको सूचक ३ दशमलव १८ प्रतिशतले घट्दा होटल्स एन्ड टुरिजम, मनु एन्ड प्रो, अदर्श, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेस्टमेन्टको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो।
यसदिन कारोबार रकमका आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड ७८ लाख बढि मूल्यको सेयर कारोबार भयो।