
काठमाडौं । मधेस प्रदेशलाई ७ विकेटको फराकिलो अन्तराले हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । तेश्रो पटक फाइनलमा पुग्ने क्रममा एपीएफले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मधेसलाई ७ विकेटले हराएको हो ।
सेमिफाइनलमा मधेससँगको खेल जित्न पाएको १२३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो ।
एपीएफका लागि ओपनर ब्याटर आसिफ शेख र प्रदिप सिंह ऐरीले पहिलो विकेटका लागि ६० रनको साझेदारी प्रस्तुत गर्नुभएको हो । एपीएफका लागि तेस्रो क्रमका ब्याटर लोकेश बमले ३५ रनको अविजित पारी खेल्नुभयो । उहाँले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्नुभएको हो ।
आसिफ शेख ३२ बल खेल्दै ५ चौकाको मद्धतमा २५ रन बनाउँदै १० औं ओभरको अन्तिम बलमा राजेश यादवको हातबाट बोल्ड आउट हुनुभयो । एपीएफका लागि दोस्रो विकेट ओपनर ब्याटर प्रदिप सिंह ऐरीले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३३ रनमा रुपेश सिंहबाट बोल्ड हुनुभयो।
चौथो क्रमका ब्याटर सुमित महर्जन १९ बलमा २ चौका प्रहार गर्दै १३ रनमा क्याच आउट हुनुभयो । पाँचौ क्रमका ब्याटर सन्दीप जोरा ५ बलमा ६ रन बनाउँदै अविजित रहनुभयो । मधेशका लागि रुपेश सिंहले सर्वाधिक २ विकेट लिनुभयो । रुपेश यादवले १ विकेट लिनुभयो ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३१ ओभरमा १ सय २२ रनमा अल आउट भयो ।
मधेशका लागि रुपेश सिंहले २३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन बनाउनुभयो । ओपनर ब्याटर सन्तोष कार्कीलाई एपीएफका स्पिनर भुवन कार्कीले एलबीडब्लू धरापमा पार्नुभएको थियो ।
चौथो क्रमका ब्याटर अनिल शाह १३ रनमा कमल सिंह ऐरीको बलमा मौसम ढकालको बलमा क्याच हुनुभयो । इमरान शेख १६ रनमा आउट हुनुभयो । उहाँ ३० बल खेल्दै रन आउट हुनुभएको थियो।
आदिल आलम ११ रनमा भुवन कार्कीको बलमा किशोर महतोको हातबाट क्याच हुनुभयो । राजेश यादव १० रनमा मौसम ढकालको बलमा बोल्ड हुनुभयो अन्तिम विकेटका लागि रुपेश र प्रदीप पासवानले २८ रनको साझेदारी गर्नुभयो ।
अन्तिम विकेटका लागि प्रदीपलाई कमलसिंह ऐरीले बोल्ड आउट गर्नुभएको थियो । एपीएफका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिनुभयो । मौसम ढकाल र भुवन कार्कीले समान २÷२ विकेट र किशोर महतोले १ विकेट लिनुभयो ।