निर्वाचन आयुक्त थपलियासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजबीच आज शिष्टाचार भेट गर्नुभएको छ ।

निर्वाचन आयुक्त थपलिया र राजदूत डेप्रेजबीच आयोगको कान्तिपथस्थित कार्यायलयमा शिष्टाचार भेटवार्ता भएको हो।

उक्त अवसरमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो।

Back to top button