थप १६ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ५६३

काठमाडौं । थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ८ सय ३७ जनाको नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय १४ र एन्टिजेनबाट १ हजार २ सय २३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ र एन्टिजेनबाट ७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १३ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ६३ पुगेको छ।

Back to top button