चितवनमा म्याजिक र मोटरासाइकल ठोक्किंदा दुई जनाको मृत्यु

चितवन । सवारी दुर्घटनामा परी चितवनमा दुई जनाको मृत्यु भएको छ। पश्चिम चितवको रामपुरमा यात्रुवाहक म्याजिक गाडी र मोटरसाइकल ठक्कर खाँदा एक जानको घटनास्थलमा र अर्कोको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो।

हिजोे साँझ भरतपुर महानगरपालिका वडा नम्बर–१५ रामपुर कृषि क्याम्पस अगाडि भरतपुरबाट शारदानागरतर्फ जाँदै गरेको ना १ ज ५६०५ नम्बरको म्याजिकले विपरित दिशातर्फ जाँदै गरेको ना ३३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा म्याजिकमा चढेका स्याङ्जाका २४ वर्षीय नविन नेपालीलाई उपचारको लागि भरतपुर लाँदै गर्दा बाटोमा मृत्यु भएको हो। मोटरसाइकल चालक भरतपुर–५ का ४० वर्षीय यज्ञ शर्माको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा राती नै मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता विवयराज पण्डितले बताउनुभयो।

घटनामा भरतपुर महानगरपालिका २० का आशिष नेपाली र मोटरसाइकलको पछाडी चढेका भरतपुर ५ का श्याम खरेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Back to top button