
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बुले समर्थन गर्नुभएको छ । उहाँले आज एक कार्यक्रमका बीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्कृय गरेको बताउनुभयो ।
कार्यक्रममा उहाँले भन्नुभयो,‘काठमाडौं क्षेत्र नम्बर १ मा खटिरहँदाखेरी धेरै उम्मेवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा क्षेत्र नम्बर–१ लाई आवश्यक भएको उम्मेदवार चाहिँ प्रकाशमान सिंह नै भन्ने निष्कर्ष निकालें ।’
लिम्बुले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको बताउनुभयो । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर–१ मा भएको र त्यो प्रकाशमानकै कारण भएको निष्कर्ष समेत उहाँले सुनाउनुभयो ।