
रौतहट । प्रहरीले रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुको साथबाट ८७ हजार नक्कली नेपाली रूपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले बरामद गरेको नोट एक हजार दरका छन् ।
प्रहरीले उनीहरुलाई मौलापुर नगरपालिकाबाट पक्राउ गरेको हो ।