चीनको मेनल्याण्ड क्षेत्रमा थप १ हजार १ सय ५० जनामा कोरोना संक्रमण

काठमाडौं । चीनको मेनल्याण्ड क्षेत्रमा थप १ हजार १ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक प्रतिवेदन अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८५ जनामा परीक्षण गर्दा १ हजार १ सय ५० जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा ४ सय ४९ जना संक्रमणमुक्त भएका छन्। हिजोसम्म २ लाख ५३ हजार ६ सय १२ जना डिस्चार्ज भइसकेका छन्।

आयोगका अनुसार हालसम्म मेनल्याण्ड क्षेत्रमा ५ हजार २ सय २६ जनाको मृत्यु भएको छ।

Back to top button