थप १० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ५४६

काठमाडौं । थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ३ सय ३९ नमूना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ सय ३१ र एन्टिजेनबाट ६ सय ८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप २६ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ४६ पुगेको छ।

Back to top button