
काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई जिताउन आह्वान गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज कर्णाली प्रदेश जाने हुनुभएको छ। ओली कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न जान लाग्नुभएको हो ।
अध्यक्ष ओलीले कालीकोटको रास्कोट, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।
उहाँले हिजो डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो।