अमेरीकाको पेन्सिलभेनियामा मनाइयो फाल्गुनन्द जयन्ती

लोकबहादुर चौहान ,
पेन्सिलभेनिया । किराँत धर्म दर्शनका गुरु, महान् समाज सुधारक तथा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ३८ औं जन्मजयन्ती अमेरिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

अमेरिकाको पेन्सिलभेनियामा रहेका किरात धर्मलम्बीहरुले पुजा–आरधनासहित विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका हुन् । यहाँ रहेको किँरात कल्चर सोसाइटी अफ पिट्सवर्क अमेरिकाको आयोजनामा किँरात धर्मालम्बीहरुले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाएका हुन् ।

सो अवसरमा महागुरुको तस्वीरमा फुलमाला अर्पणगरि पुजा आरधना गर्दै सिवाखाउन् (एकतारे) बाजाको धुन बजाउँदै मनाइएको हो । कार्यक्रममा स–साना नानीदेखि बृद्ध बृद्धाहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

सो अवसरमा १६ औ राष्ट्रिय विभूती महागुरु लिङ्देनले किँरात दर्शन, भाषा, लिपी र साहित्यको बारेमा पुर्‍याउनु भएको योगदानको बारेमा सोसाइटीका क्षेत्रीय अध्यक्ष केशर मुकारुङले चर्चा गर्नु भयो ।

यस्तै कार्यक्रममा नेपाली विद्यार्थीहरु बीचमा महागुरुको चित्रकला प्रतियोगिता समेत गराइएको थियो ।

Back to top button