च्याम्पियन बन्न इङ्ल्यान्डलाई १३८ रनको लक्ष्य

आईसीसी टी–ट्वेन्टी विश्वकपको फाइनलमा पाकिस्तानले इङ्ल्यान्डलाई च्याम्पियन बन्न १३८ रनको लक्ष्य दिएको छ। मेलबर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रनको योगफल तयार गर्यो।

पाकिस्तानका ओपनर मोहम्मद रिजवान १५ तथा कप्तान बाबर आजम ३२ रन बनाएर पेभेलियन फर्कीनुभएको थियो। एडेलेडमा इङ्ल्यान्डको कसिलो बलिङविरुद्ध संघर्षरत पाकिस्तानले ठूलो योगफल बनाउन सकेन।

पाकिस्तानका लागि २८ बलको सामना गरेका शान मशुदले २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाएर पेभेलियन फर्कीनुभयो।

यस्तै, शादाव खानले २० बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन्।

इङ्ल्यान्डका लागि ४ ओभरमा १२ रन खर्चेर साम कुरानले सर्वाधिक ३ तथा आदिल राशिद र क्रिस जोर्डनले २–२ विकेट लिनुभयो। बेन स्टोक्सले १ विकेट हात पार्नुभयो।

पाकिस्तान सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको हो। अर्कातिर भारतलाई विकेट हराउँदै इङ्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो।

Back to top button