
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले गठबन्धनको एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताउनुभएको छ ।
आज लमजुङको राइनसमा आयोजित एक चुनावी सभामा बोल्दै उहाँले यो देशलाई अघि लैजाने र जनताको अधिकारलाई सुनिश्चित गर्न गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘हामी सरकारमा छौं । गठबन्धनलाई जिताउँदा बलियो गठबन्धनको सरकार बन्छ । गठबन्धनको जित सुनिश्चित छ । सुशासन, विकास र समृद्धि नै गठबन्धनको एजेण्डा हो । ’
प्रचण्डले गठबन्धनलाई चुनावसम्म मात्रै नभइ संविधान, लोकतन्त्र र शान्तिमाथि जबसम्म चुनौती रहन्छ त्यतिबेलासम्म गठबन्धन रहिरहने बताउनुभयो । उहाँले भन्नुभयो,‘यो गठबन्धन १०, १५, २० वर्षसम्म रहिरहन्छ । चुनावपछि भत्किन्छ कि भनेर हल्ला फिजाइएको छ ।’