
धरान । बराहक्षेत्रका मतदाताले आफ्नो गाउँ टोलको विकासलागी उम्मेदवारसँग प्रतिबद्धता खोजेका छन् ।
बराहक्षेत्र–५ लक्ष्मीपूरबासीले घरदैलोमा पुगनुभएका एमाले–जसपाका संयुक्त उम्मेदवार विजयकुमार राई समक्ष भौतिक निर्माणका योजनाको माग गरेका हुन् । मतदाताको आवश्यकता अनुसार आफुले काम गर्ने प्रतिबद्धता उम्मेदवार राईले गर्नुभएको छ ।
उहाँले मतदातालाई सम्बोधन गर्दै देशको विकास गर्ने पार्टी नै एमाले भएको भन्दै यस क्षेत्रमा भएको बाटोको स्तरोन्नती गर्ने, पुल पुलेसा बनाउने तथा सभाहल बनाउने जस्ता कुरामा आफ्नो पहल रहने बताउनुभयो ।
एमाले पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेर त्यसकै जगमा देश अघि बढाउने राईले बताउनुभयो । जनताकै काम गर्न आफु उम्मेदवार बनेको भन्दै उहाँले जनताले दिएको सुझावका आधारमा आफु अघि बढ्ने बताउनुभयो ।