
भोजपुर । हुँदै नभएको घटनामा आफ्नो नाम जोडेर मानमर्दन गरेको भन्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईका स्वकीय सचिव भद्र पराजुलीले गम्भीर आपत्ति प्रकट गर्नुभएको छ ।
सामान्य विषयमा भएको कुराकानी र कसैलाई छुनेसम्मका काम नभएको दावी गर्दै उहाँले ‘पराजुलीले स्वतन्त्र उम्मेदवार कुटे’ भन्ने विषयमा आएका समाचारप्रति आपत्ति प्रकट गर्नुभएको हो ।
मुख्यमन्त्रीका स्वकीय सचिव पराजुलीले मुख्यमन्त्री राजेन्द्रकुमार राई उम्मेदवार रहेको भोजपुर १ मा भएको सामान्य विवादलाई कुटपिट भनेर लेखिएको समाचार झुटो रहेको दावी गर्नुभएको छ ।