थप ९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित संख्या ४९९

काठमाडौं । थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १ हजार ४ सय २५ जनामा नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ सय ७२ र एन्टिजेनबाट ७ सय ५३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ८ र एन्टिजेनबाट १ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप २३ जना कोरोनामुक्त भएका छन्।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ९९ पुगेको छ।

Back to top button