आज नेप्से २१ अंकले बढ्यो, सेयर कारोबार १ अर्ब नजिक

काठमाडौं । सेयर कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक २१ अंक बढेको छ। नेप्से बढेसँगै सेयर कारोबार हिजोको तुलनामा बढेको हो ।

नेप्से २१ दशमलव २६ अंकले बढेर १९०४ दशमलव ४३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स १ दशमलव २१ प्रतिशतले बढेको छ।

यसदिन ९४ करोड ६० लाख बढिको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन हिजो ७७ करोड मूल्यको सेयर कारोबार भएको थियो।

आज २२६ कम्पनीको २४ लाख ५२ हजार ८४ कित्ता सेयर ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँमा खरिदबिक्री भयो। १७ हजार ७६५ पटक सेयर कारोबार भयो।

तारा गाउँ रिजेन्सीको सेयर मूल्य ९ दशमलव ८४ प्रतिशतले बढेको छ। सप्तकोशी डेभलपमेन्ट बैंक र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य क्रमशः ८ दशमलव ३९ र ७ दशमलव २९ प्रतिशतले वृद्धि भयो। यसदिन लक्ष्मी इक्वीटीको सेयर मूल्य ६ दशमलव ५८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १० करोड ९६ लाख मू्ल्य बराबरको सेयर खरिदबिक्री भयो।

हिमालयन डिस्टिलरी र नगदी ग्रुप पावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। दोहोरो अंकले बढेको सेयर बजारमा १३ वटै समूहको सूचकमा हरियाली देखिएको छ।

यसदिन मनु एन्ड प्रोको सूचक सर्वाधिक ३ दशमलव १३ प्रतिशतले बढ्यो। डेभलपमेन्ट बैंक, फाइनान्स, होटल एन्ड टुरिजम, हाइड्रोपावर र अदर्श समूहको सूचक २ प्रतिशत बढिले बढ्यो।

Back to top button