
विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सुनसरीमा चुनावी सभालाई सम्बोधन गर्ने हुनुभएको छ ।
सुनसरीको दुहवी र लौकहीमा हुने चुनावीसभालाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रदेश १ का कार्यालय सचिव नरेन्द्र बरालले जानकारी दिनुभयो ।
यस्तै आजै बेलुका विराटनगरमा उद्योगी व्यवसायी, बुद्धिजीवी तथा प्राध्यापकहरुसहितको अन्तरक्रियामा अध्यक्ष ओली सहभागि हुने नेकपा एमाले मोरङका निर्वाचन परिचालन कमिटीका संयोजक बाबुराम कार्कीले जानकारी दिनुभयो ।
अध्यक्ष ओली विहान ११: ३० बजेको उडानबाट विराटनगर आइपुग्ने र सिधैं दुहवी जाने कार्यक्रम रहेको कार्कीले बताउनुभयो ।