बीए प्रथम वर्षको नतिजा सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले १५ महिनापछि बीए प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गरेको छ । पनिकाले २०७८ साउनमा सञ्चालन गरेको परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

लामो समयसम्म परीक्षाको नतिजा सार्वजनिक नगरेपछि विद्यार्थीहरुले त्रिविले विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै चाँडो नतिजा सार्वजनिक गर्न दबाव दिएका थिए ।

पनिकाले भने कोभिडका बेला विद्यार्थीको पायक पर्ने स्थानमा परीक्षा सञ्चालन गर्दा उत्तर पुस्तिका जम्मा गर्न समय लागेको बताउँदै आएको थियो ।

पनिकाले परीक्षा सार्वजनिक गर्दै नतिजामा स्थगन–अनुपस्थित देखिएका परीक्षार्थीहरुलाई अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई मंसिर १० गतेपछि पनिकाको मानविकी गोप्य शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

 

Back to top button