१५ वर्ष गठबन्धन टिक्छ भन्नु फाल्तु कुरा हो, आफु र परिवार जिताउने षड्यन्त्रः केपी ओली(भिडियोसहित)

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरुले गठबन्धन १५, २० वर्षसम्म टिक्छ भन्ने कुरा आफु र आफ्ना परिवारका सदस्यलाई जिताउने षणयन्त्र मात्रै भएको बताउनुभएको छ ।

आज मध्यान्न विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यो फाल्तु कुरा मात्रै रहेको र आफु जित्न, छोरी, श्रीमतीलाई जिताउन मात्रै प्रलोभन बाँडेको बताउनुभयो ।

उहाँले अहिलेको शासकीय स्वरुपको परिवर्तनका बिषयमा पनि कुरा उठन् थालेका छन् भन्ने जिज्ञासामा त्यो बिषयमा पछि छलफल गर्न सकिने बताउनुभयो ।यद्यपी अहिले यीनै मान्छे, यहि प्रवृत्ति र आचरण रहेसम्म जुनसुकै प्रणाली आएपनि समस्या उहि रहने बताउनुभयो ।

पछिल्लो समय केहि व्यक्तिका व्यवहारका कारण मुलुकमा सधै अस्थिरता निम्तिरहेको बताृउनुभयो । उहाँले भन्नुभयो,‘उद्देश्य केन्द्रित नभई स्वार्थ केन्द्रित राजनीतिले मुलुकले समस्या सृजना भएको हो, अहिले प्रणालीभन्दा व्यवहारमा समस्या छ ।’

हेर्नुहोस भिडियो

Back to top button