भोजपुरमा गठबन्धनको चुनावी सभामा बम विस्फोट, एकजना घाइते

विराटनगर । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । भोजपुरको पौवादुम्मा गाउँपालिका तिवारी भञ्ज्याङमा गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको हो।

चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम थियो।

प्रचण्ड कार्यक्रम स्थल पुग्नु केहीबेरअघि मात्रै विस्फोट भएको प्रहरीले जनाएको छ। विस्फोटमा परी एक जना घाइते भएका छन् ।

घाइते भोजपुर चरंवीका सुमन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठ विप्लव नेकपाका कार्यकर्ता भएको र बम उनैले बोकेको हुनसक्ने प्रहरीको आशंका छ।

यस्तै, प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

Back to top button