
काठमाडौं । पत्रकार ऋषि धमलाले चलाउँदै आउनुभएको चुनाव लक्षित टेलिभिजन कार्यक्रममा युवाहरुबीच झडप भएको छ । डडेलधुराको सदरमुकाममा आज टेलिभिजन कार्यक्रम खिच्न आयोजना गरिएको चुनवी कार्यक्रममा युवाहरुबीच झडप भएको हो ।
स्वतन्त्र उम्मेदवार सागर ढकालसहित ठूला राजनीतिक दलका उम्मेदवारसमेत सहभागी उक्त कार्यक्रमा उम्मेदवारलाई प्रश्न सोध्ने क्रममा आफूहरुको पालो नआएको भन्दै युवाहरुले माइक खोसाखोस र हात हालाहाल गरेका हुन् ।
माइक खोस्ने क्रममा युवाले माइक समेत फालिदिएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो । सागर ढकाललाई प्रश्न सोधिरहेका एक युवालाई पछाडिका युवाले धकेलिदिएपछि अवस्था तनावपूर्ण बनेको थियो ।
सो कार्यक्रममा धमलाले सबैलाई शान्त हुन आग्रह गर्नुभएको थियो ।