
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१ मा राप्रपा नेपालले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार हुनुहुन्छ ।
काठमाडौं–१ मा प्रतिनिधिसभा र प्रदेशसभातर्फका दुवै क्षेत्रमा एमाले उम्मेदवारलाई सघाउने सहमति भएको राप्रपा नेपालले जनाएको छ । राप्रपा नेपालकी प्रतिनिधिसभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको छ ।
उहाँहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ ।
राप्रपा नेपालको सहयोग पाएपछि आफूहरु अझै बलियो बनेको एमाले उम्मेदवार पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘आज बिहान हामी यसबारेमा टुगोमा पुगेका हौं, राप्रपा नेपालले सहयोगबाट काठमाडौं–१ मा हामी अझैँ बलियो भएका छौं ।’