नेप्से दोहोरो अंकले वृद्धि, करिब १ अर्ब ७२ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

यसदिन नेप्से २५ दशमलव ५७ अंक (१ दशमलव ३४ प्रतिशत)ले वृद्धि भएर १९३६ दशमलव ८३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३ दशमलव १४ प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि बढेर १ अर्ब ७० करोड भन्दा माथि पुगेको छ । हिजो ८६ करोडको कारोबार भएको बजारमा आज ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजारको कारोबार भएको छ ।

हिजो नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रथम त्रैमासको आर्थिक सूचकहरु सकारात्मक देखिंदा लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बनेको छ । जसले गर्दा बजार परिसूचकसँगै कारोबार रकम पनि उकालो लागेको छ ।

आज नेप्सेमा रिडी हाइड्रोपावरको सर्वाधिक १४ करोड ३९ लाख १६ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको १३ करोड ४० लाख २७ हजारको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १० करोड २९ लाख ६४ हजारको कारोबार भएको छ ।

बजारमा कुल १८७ कम्पनीको सेयर सेयर कारोबार हुँदा १७२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

जमसध्ये सिक्लेस हाइड्रोपावर सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सयपत्री हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै बोटलर्स नेपाल तराइको सेयर मूल्य ७ दशमलव ५१ प्रतिशतले बढेको छ ।

यता खराब वित्तीय विवरणले फर्वाड कम्युनीटि लघुवित्तहको सेयर मूल्य २ दशमलव ९७ प्रतिशतले गिरावट हुँदा इमर्जीङ नेपालको सेयरमूल्य १ दशमलव ८७ प्रतिशत र तारगाउँ रिजेन्सी होटेलको सेयरमूल्य १ दशमलव ६९ प्रतिशतले घटेको छ ।

Back to top button