विराटनगरमा भेटिएको बस्तु बम नभएको पुष्टि

विराटनगर । निर्वाचनको अघिल्लो दिन आज शनिबार विराटनगरमा शंकास्पद बस्तु फेला परेको छ । आज बिहान विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

सडकको छेउमा बिहान साढे ६ बजे शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सेनाको टोलीले डिस्पोज गर्दा उक्त वस्तु बम नरहेको पुष्टि भएको छ ।

Back to top button