
उदयपुर । उदयपुरको दुई ठाउँमा गएराती बम विस्फोट भएको छ । अज्ञात समुहले उदयपुरगढी गाउँपालिकाको वडा नं ७ र ८ को मध्यभागको जंगल र त्रियुगा नगरपालिका १६ को जंगलमा बम विस्फोट गराएको हो ।
निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले दुई ठाउँमा बम विस्फोट भए पनि सुरक्षा निकायले भने उदयपुरगढीमा भएको विस्फोटको मात्र पुष्टि गरेको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गएराती करिव पौने १२ बजेको समयमा जंगलमा बमको जस्तो आवाज आएको बताउनुभयो ।
उहाँका अनुसार बमको जस्तो आवाज आएपछि सडक, बस्ती र मतदान स्थलमा सुरक्षा सतर्कता बढाउँदै खोजेपनि केहि फेला नपरेको बताउनुभयो ।
त्रियुगा– १६ मा भने स्थानीयले ठूलो आवाजले पड्किएको बताए पनि कहीँ कतै फेला नपरेको उहाँले बताउनुभयो । बम विस्फोटसँगै प्रहरीले निगरानी बढाएको छ। घटनाको हालसम्म कुनै पक्षले जिम्मा लिएको छैन।