निर्वाचनको सबै तयारी पूरा, मतदान गर्न आयोगको आग्रह

विराटनगर । निर्वाचन आयोगले भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने चुनावका लागि आयोगले तयारी पूरा गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

उहाँले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न पनि आह्वान गर्नुभएको छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकाले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदाताहरूलाई हार्दिक आह्वान गर्दछ,’ उहाँले भन्नुभयो ।

Back to top button