अर्जेन्टिनाको पहिलो अभ्यासमा मेसीको अनुपस्थित

अर्जेन्टिनाले गएरातिदेखि कतारमा विश्वकपको तयारी थालेको छ। तर, पहिलो अभ्यास सेसनमा कप्तान तथा स्टार फरवार्ड लियोनेल मेसी अनुपस्थित रहेपछि समर्थक चिन्तित बनेका छन्।

अर्जेन्टिनी टिमका प्रमुख आशाका केन्द्र मेसी कतार युनिभर्सिटी मैदानमा भएको अभ्यासमा अनुपस्थित हुनुहुन्थ्यो। तर, अर्जेन्टिनी सञ्चारमाध्यम ‘ओले’ले मेसी जिम सेसनमा सहभागी भएको र अभ्यासको दोस्रो सेसनमा उपस्थित भएको बताएको छ।

गत बुधबार यूएईविरुद्धको मैत्रीपूर्ण खेलमा ५–० को जित निकालेको अर्जेन्टिना बिहीबार कतार पुगेको थियो।

विश्वकपको प्रमुख दाबेदारका रुपमा कतार पुगेको अर्जेन्टिनाले समूह ‘सी’अन्तर्गत मंगलबार साउदी अरबसँग पहिलो खेल खेल्ने छ। समूह‘सी’मा मेक्सिको र पोल्यान्ड पनि समावेश हुनुहुन्छ ।

Back to top button